स्याङ्जा, भाद्र २० - 'म पनि साडी लगाउँछु नि,' सबैजना सारीमा ठाँटिएर देखेरे होला, जापानी युवती एचुको अतारासीले भनिन् । उनको आग्रहलाई महिला विकास कार्यालयका कर्मचारीले पूरा गरिदिए । जाईकामार्फत् महिला विकास कार्यालयमा स्वयंसेवी भएर आएकी उनी जिल्लास्तरीय खुल्ला तीज गीत प्रतियोगिताको अन्तिम दिन सारी पहिरेरै उपस्थित भइन् । नेपाली नाम 'नूतन' राखेकी उनलाई प्रशंसा गर्ने थोरै भएनन् । कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसमेत सहभागी थिए । 'लगाउन निकै गाह्रो भए पनि धेरै राम्रो देखिँदो रहेछ,' एचुकोले मक्ख पर्दै भनिन्, 'मैले छुट्टै पोसाक लगाउँदा विदेशीजस्तो देखिन्छु, मलाई नेपालीजस्तै Read More



































