काठमाडौ, भाद्र १८ - एकैछिन कल्पना गर्नुस् त, तपाई कुनै फिल्म हेर्न महँगो टिकट काटेर हलभित्र छिर्नुभयो तर बीचैमा फिल्म हेर्न छाडेर हिँड्नु पर्यो । कारणः तपाईंलाई त्यो पटक्कै मनपरेन । त्यतिबेला कस्तो महसुस गर्नुहुन्छ ? पक्कै पनि मन खिन्न हुन्छ । सायद रिस पनि उठ्छ होला । यस्तै भयो महेश्वर धिताललाई । धेरैपछि नेपाली फिल्म हेर्न भनेर हलभित्र छिरेका यी १९ वर्षेले नाक खुम्च्याउँदै भने, 'क्या झुर फिल्म रहेछ ! फिल्म हो कि टेलिफिल्म छुट्याउन नै गार्हो । इम्प्रेसन नै खराब भयो ।' उनले त अब हलमा गएर नेपाली फिल्म हेर्नुअघि ठण्डा दिमागले सोच्ने बताए । महेश्वर जस्तै नेपाली फिल्मको नाम लिनेबित्तिकै नाक खुम्च्याउने शहरी तन्नेरी प्रशस्त Read More



































