काठमाडौ, भाद्र १५ - तीन वर्षदेखि रोकिएको चलचित्र अर्वाडको अन्ततः 'स्टक क्लिअरेन्स' भएको छ । नेपाल चलचित्र विकास बोर्डले वर्षेनी दिँदै आएको अवार्ड मुलुक गणतन्त्रात्मक भएपछि वितरण हुन सकेको थिएन । सभामुख सुवासचन्द्र नेम्वाङले सोमबार २०६३, २०६५ र २०६६ का पुरस्कृत फिल्मलाई एकसाथ ५६ अवार्ड बाँडे । सभामुखले नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान गरेबापत् निर्माता उद्धव पौडेललाई २ लाख रुपैयाँसहित 'दीर्घ साधना सम्मान' हस्तान्तरण गरे । यसै वर्षदेखि राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिका हातबाट अवार्ड वितरण गर्ने Read More



































