आज शुक्रबार काठमाडौं उपत्यकालगायत नेपालभर एकसाथ सार्वजनिक हुन लागेको चलचित्र 'कोही मेरो'का निर्देशक आलोक नेम्वाङ हुन् । म्युजिक भिडियो निर्देशनपछि दुई वर्षअघि चलचित्र 'सानो संसार'मार्फत चलचित्र निर्देशन क्षेत्रमा आएका आलोकको निर्देशनको यो दोस्रो चलचित्र हो । चलचित्रमा चार जना साथी छन् अभी, आश्ना, प्रयास र दिव्या । आश्ना र प्रयासबीच पुरानो चिनाजान हुन्छ, तर अभीकै कारण उनीहरू अलग हुन्छन् । अभी एउटा यस्तो चरित्र हुन्छ, जो मित्रतामा पनि महत्त्वकांक्षा रोज्छ । समयचक्रसँगै एउटा यस्तो अवस्थाको सिर्जना हुन्छ, प्रेम पाउन उसलाई मित्रताकै सहारा चाहिन्छ । Read More



































