कास्की, भाद्र ७ - नेपाली चलचित्रमा हिजो पनि आज पनि चर्चा राजेश हमालकै छ । उनको अभिनय होस् या व्यक्तिगत जीवन, सबैको चासोमा रहने गरेको छ । 'पल्टन' चलचित्रको सुटिङ क्रममा उनी लेखनाथको वाराही स्टुडियोमा थिए । निर्माण पक्षले त्यही मेसोमा पत्रकार भेटघाटको चाँजो मिलाएको थियो । दुई दिनअघिको त्यो भेटघाटमा उनले धेरै प्रश्न विवाहसम्बन्धी नै झेल्नुपर्यो । 'केटी नपाएरै -विवाह) नगरेको हो, पाए त गरिहाल्थें नि,' उनी मस्किँदै प्रस्तुत भए, 'एउटी त Read More



































