अभिनेत्री रेखा थापालाई लाग्ने सदावहार आरोप हो -उनी नांगिएर हिट बनेकी हुन् । तर यस्तो भन्नेहरुलाई रेखाको जवाफ छ -नांगिएर हिट् बनेको भए म यतिबेला ओझेलमा पर्थेँ किनभने मभन्दा नांगिने अरु छन् ।' आफू नांगिएर हिट भएको भन्ने भ्रम नपाल्न रेखाले आग्रह गरिन् । आफ्नो पछिल्लो चलचित्र 'कसले चोर्यो मेरो मन'लाई प्रमाणका रुपमा दर्शाउन चाहन्छिन् रेखा । किन ? 'जुन फिल्ममा मैले कपडाले सबै अंग छोपेकी छु' उनी भन्छिन् 'दर्शकले मलाई लामा लुगा लगाएर शरिर छोपेकी राजकुमारीका रुपमा पाउनुहुनेछ ।' नांगिएर नभई अभिनय र दक्षताबाटै हिट भएको रेखाको भनाई छ । 'मेरो पछिल्लो फिल्मलाई प्रमाणका रुपमा लिनुस' रेखाको चुनौति थियो 'म नांगिएर हिट भएको भ्रम चाहिँ नपाल्नुस ।' Read More



































