समुन्द्र पौडेल, तनहुँ, भदौ २- व्यापार गर्नेले नाफा खोज्नु स्वभाविक हो। तर नेपाली फिल्मका निर्माताहरू लगानी उठाउनुलाई नै महत्त्वपूर्ण ठान्छन्। त्यही भएर होला 'फस्ट लभ'का निर्माता माधव वाग्ले फिल्मले लगानी उठाएकोमा मंगलबार निकै खुसी थिए।
फिल्मको बजार बुझ्न मंगलबार दमौली आएका निर्माता वाग्लेले उत्तरशिला चलचित्र मन्दिरमा भने, 'हामी सुरक्षित भइसकेका छौं।' करिब ६५ लाखमा निर्माण गरिएको 'फस्ट लभ'ले एक सातामै ९० लाख रूपैयाँ संकलन गरेको उनले दाबी गरे।प्रेमकथामा आधारित फिल्म 'फस्ट लभ'लाई युवा पिँढीले मन पराएको पाएको अनुभव निर्माता वाग्लेले सुनाए। Read More



































