मनीषाले अब निर्देशन गर्ने

काठमाडौं, भदौ १ (नागरिक)- गत असारको पहिलो हप्ता बिहे बन्धनमा बाँधिएकी अभिनेत्री मनीषा कोइरालाले सोमबार ४० वर्ष नाघेकी छिन्। सन् १९७० को अगस्ट १६ मा जन्मिएकी मनीषाले भर्खरै तामिल र मलायालम फिल्ममा अभिनय गरेकी छिन्। उनीद्वारा अभिनित नेपाली फिल्म 'धर्मा' रिलिजको तयारीमा छ।दलित महिलाको रूपमा 'जय भीम' फिल्ममा अभिनय गरिरहेकी मनीषाको योजना निर्देशन गर्ने रहेको छ। एक भारतीय सञ्चारमाध्यमसँग उनले आफू भविष्यमा फिल्म निर्देशन गर्न गइरहेको बताएकी हुन्। Read More

Upcoming Nepali Movie Trailers