दोलखा, श्रावण ३० २०६७ ०८:३२ - बलिउडवालाहरू सुटिङका लागि स्विट्जरल्यान्ड ताक्छन् । हाम्रा कलिउडवालाहरू पनि गच्छे पुगे सायद उतै जान लोभिन्थे । स्विट्जरल्यान्डलाई माथ गर्ने काठमाडौंनजिकका दृश्यहरू भने अहिलेसम्म कुमारी नै छन्, जसलाई हाम्रा चलचित्र उद्यमीहरूले टिप्न सकेका छैनन् । करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, सुनिल थापा, श्वेता खड्काहरूलाई दोलखाले शनिबार मोहनी लगायो । 'सुटिङका लागि स्विट्जरल्यान्डजस्तै लाग्यो,' सुनिलले त भनिहाले, 'भारतीय चलचित्र उद्यमीहरू सुटिङका लागि यहीँ आए हुने रहेछ ।' Read More



































