आफूले गरेको कामको प्रतिक्रिया जान्ने हतार जसलाई पनि हुन्छ । तर, नवनायिका कञ्चन रेग्मीले भने चाहेर पनि आफ्नो कामको प्रारम्भिक तारिफ सुन्न पाइनन् । 'काम त गरेँ तर दर्शकको प्रतिक्रिया सुन्ने हुटहुटी रहिरह्यो मनमा,' हाल मोफसलका हलमा प्रदर्शनरत शोभित बस्नेतको कन्यादान फिल्मबाट नायिका बनेकी कञ्चनले भनिन्, 'फिल्म हिट भएको खबर अस्टे्रलियामै सुनेँ । कति वेला काठमाडौं पुगौँ भयो । तर, आफूले चाहेकोजस्तो कहाँ हुदो रहेछ र ?' केही महिनाअघिदेखि अस्टे्रलियामा रहेकी कञ्चन आफू नायिका भएको पहिलो फिल्म कन्यादानको रिपोर्ट बुझ्न र दर्शकमाझ साक्षात्कार गर्न सोमबार नेपाल फर्किएकी छिन् । 'रिलिजकै वेलामा आइपुग्ने योजनामा थिएँ । Read More



































