नायिका झरना बज्राचार्यले ब्लग ब्लग सुरु गरेकी छिन् । झरनाबज्राचार्य डटकम(www.jharnabajracharya.com) ठेगाना भएको वेबसाइटमा अहिले उनका लेख तथा चलचित्रसम्बन्धी गतिविधिहरू पढ्न पाइन्छ । धेरैको अनुमानविपरीत यी पूर्व मिस नेपालले ब्लगमा आध्यात्मलाई जोड दिने बताएकी छिन् । ब्लगमा 'लिभिङ' र 'स्पिरिट' गरी दुई भाग छन् । 'लिभिङ'मा झरनाको मोडलिङ, करियर तथा जीवनयात्रा उल्लेख छ । 'स्पिरिट'मा पाठकहरूले उनका लेख पढ्न पाउनेछन् । Read More



































