जुवाडे बन्दै छन् सुमन

नायक सुमन सिंह जुवाडे बन्दै छन् । उनी रियल लाइफमा नभई रिल लाइफमा जुवाडे बन्न लागेका हुन् । पछिल्ला दिनमा एकपछि अर्काे फिल्ममा व्यस्त भएका उनी निर्माणाधीन फिल्म ग्याम्बलरमा जुवाडेको भूमिकामा अभिनय गर्न लागेका हुन् । रमेश बुढाथाकीको निर्देशनमा हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको यस फिल्ममा आफू क्यासिनो जाने लत लागेको युवाको चरित्रमा देखापर्न लागेको बताउँछन् सुमन । भन्छन्, 'पहिलोचोटि यस्तो भूमिका निभाउँदै छु । निकै कौतूहलता जागेको छ ।' वास्तविक जीवनमा कहिलेकाहीँ क्यासिनो जाने गरे पनि आफूलाई जुवा खेल्ने लत नभएको दाबी छ उनको । भन्छन्, 'साथीभाइसँग रमाइलो गर्न र अनुभवका लागि कहिलेकाहीँ क्यासिनो गएको छु । तर, मलाई जुवा खेल्न आउँदैन र रुचि पनि छैन ।' Read More

Upcoming Nepali Movie Trailers