भदौमा भालेजुधाइ

काठमाडौ, श्रावण १९ - कुनैबेला थियो, कहिले नेपाली फिल्म रिलिज होला दर्शक मात्रै होइन, सिनेकर्मी पनि पर्खन्थे । सम्भावना बोकेका फिल्मको सधैं अभाव खडकन्थ्यो । अहिले समयले कोल्टो फेरेको छ । साउन अन्तिमबाट भदौ महिनाभर करिब दर्जन फिल्म प्रदर्शनमा आउने भएका छन् । छोटो समयभित्र यति धेरै फिल्म रिलिज हुन लागेको यो पहिलो हो । धेरै मात्र नभएर विभिन्न पृष्ठभूमिका आधारमा वर्षकै राम्रा कोटिमा पर्ने ठानिएका फिल्मको प्रदर्शनी एकपछि अर्को जुध्ने भएपछि दर्शकले कुन फिल्मलाई काख र कुनलाई पाखा गर्ने हुन्, हेर्न रमाइलो हुनेछ । साउने संक्रान्तिमा सोभित बस्नेत निर्देशित 'कन्यादान' र दयाराम दाहाल निर्देशित 'फ्ल्यासब्याक' जुधाएर थालिएको प्रदर्शनीको सिलसिला भदौ मसान्तसम्म चल्नेछ । Read More

Upcoming Nepali Movie Trailers