कास्की, श्रावण १७ - सविता रिजाल हिन्दी फिल्म भनेपछि मरिहत्ते गर्थिन् । त्यो लगाव केही समययता नेपाली सिनेमातिर मोडिएको छ । यी पोखरेली युवती मात्रै होइन, अधिकांश सहरिया युवा पुस्ता केही समययता हलतिर तानिन थालेका छन् । नेपाली सिनेमा नै हेर्न । यसको कारण हो- पछिल्लो समयमा सिनेकर्मीहरूले सहरिया युवा दर्शकहरूको रुचि बुझेर चलचित्र निर्माण गर्नु । भर्खर मात्रै 'फ्ल्यास ब्याक' (फर्केर हेर्दा) हेरेकी सविताका अनुसार अचेल नेपाली सिनेमाको धार बदलिँदै गएको छ । 'यस्तै खालका ('फ्ल्यास ब्याक' जस्तै) सिनेमा बने युवा दर्शकहरू Read More



































