सन्तोष रिमाल - निरुता सिंह करिब तीन वर्ष रजतपटबाट हराइन्। फिल्म बाहेकका गतिविधिमा पनि उनलाई भेटिएन। त्यतिबेला 'इन्टेरियर डिजाइन सिक्छु' भन्दै मुम्बई लागेपछि यता कुरा काट्नेहरूले ठाउँ पाए। 'फिल्म नपाएपछि निरुताले नेपाल छोडिन्'- यो धेरै समय नेपाली सिनेक्षेत्रमा कानेखुसीको विषय बन्यो। गएको चैतमा अचानक उनी काठमाडौंमा देखिइन्। र, फेरि चर्चित भइन्।
चर्चाको कारण उनको पुनरागमन थिएन, निरुताले बनाएको 'जिरो साइज' शरीर थियो। सबैलाई चकित तुल्याउने उनको 'फिटनेस'को रहस्य के होला? 'फुर्सद,' नागरिकको जिज्ञासामा उनले भनिन्, 'फिल्ममा काम गरुन्जेल कहिल्यै फुर्सद भएन। खुब खाइयो, निकै मोटाइयो।' पाँच वर्षअघि लन्डन गएपछि आफ्नो तौल बढ्न Read More



































