दीलिप र नम्रता नाच्न सिक्दै

स्मृति ढुंगाना, काठमाडौं, साउन २- नेपाली फिल्ममा सबैभन्दा राम्रो नाच्ने कलाकार मानिने दीलिप रायमाझी केही दिनदेखि फेरि डान्स सिक्दैछन्। नृत्य कलाकारकै रूपमा फिल्मयात्रा सुरु गरेका दीलिप एउटा नयाँ फिल्मकै लागि नृत्य सिक्दै गरेका हुन्। कुपन्डोलस्थित अर्जुन वेस्टर्न डान्स सेन्टरमा उनी दैनिक अभ्यासमा आउनुको कारण नयाँ फिल्म ‘मिस यु' हो, जसको निर्माता उनी आफै हुन्। फिल्ममा दीलिपलाई साल्सा, पंक, हिपहप र ब्रेक डान्स चाहिएको छ। त्यसैले उनले आफूमात्र होइन फिल्मका अरू कलाकार नम्रता श्रेष्ठ, वरूण राणा र सुजाता सिटौलालाई समोत डान्स कक्षामा राखेका छन्। Read More

Upcoming Nepali Movie Trailers