टाइटानिकलाई अब थ्री-डी बनाइने

हलिउडका चर्चित चलचित्रलाई ‘थ्री डी’ बनाउने क्रममा जेम्स क्यामरुनको ख्याति प्राप्त चलचित्र टाइटेनिक पनि ‘थ्री डी’ प्रविधिमा बनाइने भएको छ । हलिउडका सर्वाधिक रकममा निर्माण भएका जेम्स क्यारुनको चलचित्र अवतार सफलता पछि उनले प्रेम कथामा आधारित चलचित्र टाइटेनिकलाई ‘थ्री डी’ मा देखाउने निर्णय गरेको विभिन्न समाचार एजेन्सीले जनाएको छ । समाचारअनुसार जेम्सले आˆनो दोस्रो चलचित्र ‘अवतार’ अत्यधिक सफल तथा दर्शकको राम्रो प्रतिक्रिया लिएको हुनाले ‘टाइटेनिक’ पनि थ्री डीमा जारी गर्ने निर्णय गरेको छ । सो चलचित्रलाई थ्री डीमा परिवतर्न गर्नेका लागि ५० लाख अमेरिकी डलर -३८ करोड ५० लाख) लाग्ने एजेन्सीले जनाइएको छ । Read More

Upcoming Nepali Movie Trailers