
रामचन्द्र अधिकारी, सुरवीर पण्डित र विष्णुभक्त फुँयाललाई पर्दामा नदेखेका नेपाली कला पारखी कमै होलान्। सधैँ दुखियाको भूमिकामा देखिएर पनि सञ्चारमाध्यमको चासोमा नपर्नु यी तीन कलाकारको समानता हो। पहिला कुरा गरौं रामचन्द्रको। (हे. तस्बिर)उनले अभिनय गरेका २०० चलचित्रमध्ये धेरैमा पीडितको भूमिकामा छन्। निर्माता/निर्देशकहरू कथामा आपतमा परेको गरिब पात्र आयो कि रामचन्द्रलाई सम्झ्न्छन्। भन्छन्, “एक सयभन्दा बढी त सिरियलमा नै खेले, तर दुःखीको भन्दा अर्को भूमिका दिएनन्।” आफूले गरेको पीडित पात्रको अभिनय बेजोड भएरै दुःखीको भूमिकामा बाँधिएका रामचन्द्रको अहिलेको दुःख चाहिँ के हो भने उनले अरू किसिमका अभिनय गर्न नै सक्तैनन् जस्तो भएको छ, नेपाली चलचित्र उद्योगमा । Read More







.jpg)




