
काठमाडौ, चैत्र ३ - आइतबार दिनभर घरमै फुर्सद बिताइरहेका उनको मोबाइल त्यति बेला स्विच अन भयो, जतिबेला दरबारमार्गमा गाडीको चाप बढदै थियो । डिस्को र पबहरू झिलिमिली हुन थाल्दै गर्दा फरकखाले जमघटका लागि गरिएको आग्रहपछि उनले ठूलो स्वरमा भने, 'ओके राजा, म सिनामंगलबाट हिँडिहालें ।' मालिंगो रेस्टुरेन्टको गजल बारमा निम्त्याइएका तीन 'सेलिबि्रटी' मध्ये नायक भुवन केसी आफैं गाडी हाँकेर आउँदै थिए । भुवनको स्वागतमा चाहिँ नवीन के भट्टराई हाजिर थिए । 'अरे नवीन, तिमी अघि नै ?' नायकले आफ्नै स्टाइलमा हात मिलाउँदै पप गायकलाई भने, 'आज थुप्रैपछि भेट भो ।' Read More






.jpg)




