
चलचित्र क्षेत्र ग्ल्यामर्स र फेशनको क्षेत्र हो । जहाँ दिनहुँ हरेक पक्षको नयाँ प्रयोग गरिन्छ । यहा बदलिदो परिवेससँगै कलाकारहरु नयाँ गेटअपमा आउने गर्छन । उनीहरुलाई हेरेर दर्शकले त्यस्तै किसिमका कुरा अनुशरण गर्ने गर्छन । पर्दामा जे देखिन्छ, कलाकारको वास्तविक जीवनमा त्यो हुन्छ वा हुँदैन यसै भन्न सकिन्न । तर अधिंकांश कलाकार भने आफूलाई चलचित्रमा झैं बाहिर पनि फेशनेवल बनाउन चाहन्छन् । दर्शकले रिलमा देखे झैं बाहिर रियलमा पनि उस्तै स्मार्ट र फेशनेवल बनेर हिंड्दा वाहवाही कमाइने उनीहरुको अनुभव छ । सुटिङमै ब्यस्त भइरहने कलाकारले भने आफूले चाहे अनुरुपको फेशन गर्न नभ्याउने भए पनि चलचित्रबाहिर भने आˆनो सोख पूरा गर्ने गरेको बताउँछन् । नायक राजेश हमाल फिल्ममा प्रायः सामान्य ड्रेसमा देखापर्छन । प्राय चलचित्रमा अन्याय विरुद्ध लडने र गरीवका पक्षधर भएर देखिने राजेशलाई निर्देशकहरुले गरीव किसानको छोरोको भुमिका दिइरहेका हुन्छन । त्यसकारण चलचित्रमा उनको डे्रसअप पनि गरीवकै पाराको हुन्छ । Read More






.jpg)




