काठमाडौ, फाल्गुन २६ - यौन के हो ? अनेक व्याख्या हुन सक्छन् । एक नवनिर्देशकले भने यौन 'वयस्क युवा-युवतीबीच प्राकृतिक रूपमा पैदा हुने तत्त्व'का रूपमा परिभाषित गर्दै फिल्म बनाएका छन् । केही महिनाभित्रै प्रदर्शनमा आउन लागेको 'पलपलमा' फिल्ममा यौनजन्य कुरा निकै खुलेर प्रस्तुत गरिएको छ । नेपाली दर्शकले घरेलु फिल्ममा यसअघि त्यस्तो दृश्य हेर्न नपाएको निर्माताको दाबी छ । 'यौनको परम्परागतभन्दा भिन्न धारणा छ फिल्ममा' मुम्बईका फिल्मी विद्यार्थी निर्देशक उकेश दाहालले भने, 'बदलिँदो समाजले यसलाई रुचाउने छ ।' Read More





.jpg)



