मुम्बई (एजेन्सी), फाल्गुन २३ - यो खबरले विपाशा बासुलाई मक्ख पारिहाल्छ, उनका ब्वाइफ्रेन्ड जोन अब्राहम पनि खुसीले उफ्रेलान् । भारतीय म्यागजिन 'म्याक्सिम' ले ती बंगाली बाला बलिउड अभिनेत्रीमध्ये सेक्सी नम्बर एक रहेको खुलाएको छ । उसले भारतीय पुरुषहरूबीच गरेको सर्वेक्षणका आधारमा उत्तेजक र कामुक नायिकाहरूको सूची प्रकाशित गरेको छ । 'म्याक्सिम' ले पुरुषहरूको चाहना र रोजाइका आधारमा युवतीहरूलाई विशेष गरेर कालो लुगामा ज्यादै 'प्राकृतिक, सुन्दर र सेक्सी' देखिने ठोकुवा गर्दै अर्की अभिनेत्री दीपिका पादुकोणलाई कालो वस्त्रमा मोडेलिङ गराएको छ । Read More






.jpg)




