छविको सिनेमामा रेखाको सम्भावना कम !

निर्माता छविराज ओझा र नायिका रेखा थापाको डिभोर्सको हल्ला बजारमा जति चलिरहेको छ, यति नै चर्चा अहिले छविले बनाउन लागेको नयाँ सिनेमाको बारेमा पनि हुन थालेको छ । सिनेमा कस्तो बन्छ भनेर होइन, कलाकार को हुन्छन् भनेर । यो सिनेमाको हाल कथा लेखनको काम भैरहेको छ । सिनेमालाई सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भैसकेको छ । यो सिनेमाको छायांकन जेठको पहिलो साताबाट सुरु हुने पक्का समेत भैसकेको छ । यो सिनेमामा रेखा थापा नायिकाको रुपमा नहुने कुराहरु पनि नआएका होईनन् । यतिमात्र होईन, निर्माता छविराज ओझाले आफैंले सिनेमा क्षेत्रमा भित्र्याएका आर्यनलाई नायकको रुपमा लिन सक्ने संकेत समेत दिएको खवर आएको थियो ।यस्ता खबर सार्वजनिक भैरहेको बेला रेखा थापा, छविको सिनेमामा नायिकाको रुपमा नहुने सम्भावना देखिएको छ । हुन त यसबारे छवि र सविर दुवैले केही पनि बोल्न चाहेनन् । कलाकार पक्का भैनसकेपनि निर्माता छवि ओझाले रेखा हुने र नहुने बारेमा केही पनि

Upcoming Nepali Movie Trailers